२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

जिरेलीको निर्णायक गोलमा अर्जेन्टिनालाई हराउदै इटाली विजयी

images

  • २०८० साउन ८, सोमबार
  • 1.7K
    SHARES
  • जिरेलीको निर्णायक गोलमा अर्जेन्टिनालाई हराउदै इटाली विजयी

    साउन८, एजेन्सी : क्रिस्टियना जिरेलीले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले इटालीले वुमेन्स वर्ल्डकपमा सोमबार अर्जेन्टिनालाई १–० ले हराएको छ।

    खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहेका बेला जिरेलीले ८७ औं मिनेटमा गोल गरेकी हुन्। त्यसअघि ८३ औं मिनेटमा उनी सब्स्टिच्युट खेलाडीका रूपमा मैदान छिरेकी थिइन्।

    यस जितपछि स्वीडेनसँगै इटाली समूह जीको शीर्ष स्थानमा रहेको थियो।  यसै खेलमा इटालीकी जिउलिआ ड्रागोनी वुमेन्स वर्ल्डकपमा खेल्ने सबैभन्दा कान्छी खेलाडीमध्ये एक भइन्।

    विश्वकपमा अर्जेन्टिनाको सामना गरिरहँदा उनको उमेर १६ वर्ष २ सय ५९ दिन मात्र पुगेको थियो। पछिल्लो जुलाइमा मात्र उनले इटालीका लागि डेब्यु गरेकी थिइन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ