२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पानीमुनि भेटिएको ३ सय ७५ वर्ष पुरानो सहरको रहस्य खुल्यो!

images

  • २०८१ कात्तिक २२, बिहीबार
  • 3.1K
    SHARES
  • पानीमुनि भेटिएको ३ सय ७५ वर्ष पुरानो सहरको रहस्य खुल्यो!

    काठमाडौँ : केही वर्षअघि मात्रै ग्रिसमा पत्ता लागेको एउटा पानीमुनिको सहरको बारेमा चासो बढेको थियो, जसलाई ३ सय ७५ वर्ष पुरानो भनिएको थियो।

    यो अन्वेषण ग्रिसको जकिन्थोसको तटमा सन् २०१३ मा पहिलोपटक रहस्यमय खण्डहर देखिएपछि सुरु भएको थियो। यसलाई ३ सय ७५ वर्ष पुरानो सहरको भग्नावशेष भनिएको थियो।

    जकिन्थोसको एलिकनास खाडी क्षेत्रमा भेटिएको यो संरचना समुद्र सतहभन्दा २ देखि ६ मिटरको गहिराइमा अवस्थित छ र ३० एकडभन्दा ठूलो क्षेत्रमा फैलिएको छ। यसमा चट्टानले बनाइएको फुटपाथ र ठूलो गोलाकारका २० स्तम्भको जग देखिन्छ।

    विशाल स्ल्याब भएका यी संरचनाहरूले प्राचीन सार्वजनिक भवनको भुईंको झल्को दिन्छन्। त्यसैका आधारमा यो कुनै बन्दरगाह वा प्राचीन भवनको हिस्सा हुनसक्ने अनुमान गरियो।

    पुरातत्वविद्हरुले उक्त क्षेत्रको अध्ययन गरेर केही नमूना संकलन गरे। गहन विश्लेषणबाट थाहा भयो कि यो कुनै मानव निर्मित सहर नभई लगभग पाँच हजार वर्षअघि प्राकृतिक रुपमा बनेको भूवैज्ञानिक संरचना हो। यो स्थानका खनिज र अन्य तत्वहरू दुर्लभ भूवैज्ञानिक घटनाहरूले निर्माण गराएका थिए।

    तर, अध्ययनले यो प्राकृतिक संरचना भएको प्रमाणित गरे तापनि टापुका स्थानीय मानिसहरूले यो खण्डहरलाई अझै पनि प्राचीन मानव निर्मित सहर मान्न तयार छैनन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ