२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषित

images

  • २०८३ कात्तिक १, आइतबार
  • 311
    SHARES
  • करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषित

    काठमाडौं:  आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत २०८३ साल असोज महिनाको दोस्रो पाक्षिकका भाग्यशाली विजेताहरूको नाम सार्वजनिक गरेको छ। असोज १६ देखि ३१ गतेसम्मको अवधिका लागि गरिएको छनोटमा १७ जना उपभोक्ता विजेता बनेका छन्।

    काठमाडौंको न्यूरोडस्थित विशाल बजार परिसरमा आयोजित विशेष कार्यक्रममा कलाकार तथा निर्माता दिपकराज गिरी र दीपाश्री निरौलाले गोलाप्रथामार्फत विजेताहरूको छनोट तथा घोषणा गरेका थिए।

    विभागका अनुसार यसपटक एक जना विजेताले १० लाख रुपैयाँको पाक्षिक बम्पर पुरस्कार जितेका छन् भने अन्य १६ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले दैनिक उपहार प्राप्त गर्ने भएका छन्।

    १० लाखको बम्पर पुरस्कार कसले जिते ?

    यस पाक्षिकको बम्पर पुरस्कार कुपन नम्बर ०८१ ६३२ ५१५ ८४९ का धारकले जितेका छन्। उनले एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँ बराबरको सामान खरिद गरेका थिए।

    बम्पर पुरस्कारको कुल रकम १० लाख रुपैयाँ रहेको छ। उक्त रकममा २५ प्रतिशत कर कट्टी हुने भएकाले विजेताले कर कट्टीपश्चात् ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

    १६ जनाले पाए जनही १ लाख रुपैयाँ : 

    दैनिक उपहारतर्फ छनोट भएका १६ जना विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जितेका छन्। पुरस्कार रकमबाट २५ प्रतिशत कर कट्टी भएपछि प्रत्येक विजेताको हातमा एक लाख रुपैयाँ पर्नेछ।

    आन्तरिक राजस्व विभागले पुरस्कार जित्ने सबै १७ जनालाई बधाई दिँदै उपहार रकम प्राप्त गर्न आफ्नो नजिकको कर कार्यालयमा यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ