२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बुढी बोक्ने प्रतियोगिता: जित्नेले पाउँछ श्रीमतीको तौल बराबरको बियर

images

  • २०८१ कात्तिक २३, शुक्रबार
  • 2.1K
    SHARES
  • बुढी बोक्ने प्रतियोगिता: जित्नेले पाउँछ श्रीमतीको तौल बराबरको बियर

    काठमाडौं : तपाईँलाई सुन्दा अचम्म लाग्न सक्छ, तर अमेरिका र विश्वका विभिन्न देशहरूमा प्रत्येक वर्ष वाइफ क्यारिङ च्याम्पियनसिप अर्थात् 'बुढी बोक्ने प्रतियोगिता'को आयोजना गरिन्छ।

    यो प्रतियोगिताको परम्परा १९औँ शताब्दीको फिनल्याण्डका लुटेरा समूहको शैलीबाट प्रभावित छ। रेन्केइनन द रबर नामक एक फिनिश लुटेरा समूहले गाउँहरूमा लुटपाट गर्दा महिलाहरुलाई काँधमा बोकेर लैजाने गर्थ्यो। यही शैलीलाई आधुनिक प्रतिस्पर्धामा रूपान्तरण गर्दै ‘वाइफ क्यारिङ’ प्रतियोगिता सुरु भएको हो।

    यस वर्षको प्रतियोगितामा ३० जोडी सहभागी भएका थिए। धेरै दर्शकहरूको माझ पुरुषहरूले आफ्नी श्रीमतीलाई काँधमा बोकेर काठको मुढा नाघ्ने, पानीको आहाल पार गर्ने जस्ता चुनौतीपूर्ण अवरोध पार गर्नु पर्थ्यो।

    प्रतियोगिताको दूरी २ सय ५४ मिटरको हुन्छ, जसलाई सबै अवरोध पार गर्दै छिटो समयमै पुरा गर्नुपर्छ।

    प्रतियोगिता जित्ने जोडीलाई पुरस्कार स्वरुप श्रीमतीको तौल बराबरको बियर र नगद पुरस्कार दिइन्छ। यो प्रतियोगिता हरेक वर्ष धेरै दर्शकहरूको आकर्षणको केन्द्र बन्छ, जसले परम्परागत इतिहासलाई रमाइलो र रोचक किसिमले जगेर्ना गरिरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ