२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

काठमाडौं महानगरले सुरु गर्‍यो छात्रवृत्तिको प्रक्रिया

images

  • २०८० असार २४, आइतबार
  • 2.1K
    SHARES
  • काठमाडौं महानगरले सुरु गर्‍यो छात्रवृत्तिको प्रक्रिया

    २४ असार, काठमाडौं  काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न छनोट प्रक्रिया सुरु गरेको छ।


    महानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न प्रकृयागत तयारी थालेको जनाएको छ। ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि अनलाइन आवेदन खुला गरिएको महानगरले जनाएको छ।


    आवेदन साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिनेछ। आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिका महानगरले सार्वजनिक गरेको छ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुनेछन्।

    विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले यसपछि सार्वजनिक गर्ने जनाएको छ।

    ktm.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ