काठमाडौं : आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्याण्ड्सले शानदार जित हात पारेको छ। बिहीबार भएको खेलमा स्कटल्याण्डमाथि ४ विकेटको जित निकाल्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट भएको हो। जितसँग नेदरल्यान्ड्स यो वर्षको अक्टोबरनोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट भएको छ।
नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा २७७ रन बनाएको थियो। स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलनले १०६ तथा कप्तान रिचे बेरिङटोनले ६४ रन बनाएका थिए।
जिम्बाव्वेको बुलवायोमा जितका लागि पाएको २७८ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ४३ बल अघि नै भेट्टाएर विश्वकपमा स्थान पक्का गरेको हो जुन नेदरल्याण्ड्सलाई रनरेटमा अघि रहेर विश्वकपमा छनोट हुनका लागि यो खेलमा ३६ बल बाँकी छँदा जित्नु पर्ने थियो। जितका लागि २ रन बाँकी हुँदा आउट भएका लिड्सले ९२ बलमा १२३ रन बनाएका थिए।
छनोट प्रतियोगिताबाट श्रीलंका यसअघि नै विश्वकपमा पुगिसकेको थियो भने अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंगल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान र दक्षिण अफ्रिका सोझै छनोट भएका थिए। विश्वकप क्रिकेट आउँदो अक्टोबर नोभेम्बरमा भारतका १० वटा शहरमा आयोजना हुँदैछ।



