काठमाडौं : लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्तापुँजीको आधारमा लाभांश दिने प्रस्ताव पारित गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश समावेश छन्।
बैंकले प्रस्ताव गरेको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्नेछ। नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभामा लाभांश प्रस्ताव पेस गरिनेछ।
साधारणसभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।