२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

माछापुच्छ्रे बैंक लिमिटेडद्धारा वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

images

  • २०८३ असोज २९, बिहीबार
  • 321
    SHARES
  • माछापुच्छ्रे बैंक लिमिटेडद्धारा वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

    काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेडको २८औँं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकको संस्थापक सेयरधनीहरूको तर्फबाट रोशन केसी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ ।

    सर्वसाधारण सेयरधनीको तर्फबाट विश्वप्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको छ। साथै, त्यसपश्चात बसेको बैंक सञ्चालक समितिको बैंठकले सञ्चालक समितिको अध्यक्ष पदमा आगामी चारवर्षे कार्यकालका लागि रोशन केसीलाई पुनः नियुक्ति गर्ने निणर्य गरेको छ ।

    यसका साथै, सोही साधारणसभाले बैंकको आर्थिक बर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चूक्ता पुँजीको ६ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ जसमा ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर रहेको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ