साउन १०,काठमाडौं : लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट १ लाख १८ हजार पशु सङ्क्रमित भएका छन् भने ५ हजार ८९ पशुको मृत्यु भएको छ।
लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालय बुटवलका अनुसार ८८ हजार ९ सय ८४ सक्रिय सङ्क्रमित उपचार भैरहेको अवस्था छ र बाँकी पशु निको भएका छन्।
क्षति रोक्न प्रदेश सरकारले सबै जिल्लाका स्वस्थ्य पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरेको छ। अहिले प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयले साउन ४ देखि सबै जिल्लामा खोप पठाएर लगाउन थालेको निर्देशनालयका निर्देशक डा.परबेज आलमले जानकारी दिनुभयो।
उहाँले अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्ला पठाएको बताउँदै अबको व्यवस्थापनको लागि ५ करोड रुपैयाँ माग गरिएको जनाउनु भयो। लुम्बिनीमा लम्पी स्किनको प्रकोपले पछिल्लो तीन महिनामा किसानले करोडौँ रुपैयाँको नोक्सान व्योहोरेका छन्।



