काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा यसै साता सार्वजनिक हुने भएको छ। नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ। २०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थीहरु सहभागी थिए। यद्दपी प्राविधिक समस्या आएमा नतिजा यस साता प्रकाशित नहुने र अर्को साता धकेलिन पनि सक्नेछ।



