२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप छनोट

नेपाल र यूएई भिड्दै

images

  • २०८० असार १७, आइतबार
  • 1.5K
    SHARES
  • नेपाल  र यूएई भिड्दै

    काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा आज आइतबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ। नेपाल र (यूएई)को खेल जिम्बाब्बेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ।

    आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्समा पुग्न नसकेका नेपाल र यूएईबीच सातौँ स्थानको लागि खेल हुन लागेको हो। विश्वकप छनोटमा यूएईले समूह बी मा खाता पनि खोल्न सकेको थिएन भने नेपाल समूह ए को चौथो स्थानमा रहेको थियो। अहिलेसम्म नेपाल र युएईबीच १४ वटा एकदिवसीय खेल भएको छ जसमा नेपाल ८ खेलमा र यूएई ६ खेलमा विजयी भएको छ। १० टोली सहभागी विश्वकप छनोटमा आठौँ स्थानमा आयरल्याण्ड र दशौं स्थानमा अमेरिका रहेको छ।

    आजै विश्वकप छनोटको सुपर सिक्स खेलमा दिउँसो पौने १ बजे श्रीलंका र जिम्बावेले खेल्दैछन्। हिजो स्कटल्याण्डसँग पराजित भएर वेष्ट इन्डिज बाहिरिएको छ। एकदिवसीय विश्वकपको इतिहासमा वेस्ट इन्डिज पहिलोपटक विश्वकपमा छनोट हुन नसकेको हो।वेष्ट इन्डिज दुई पटकको एकदिवसीय र टी–२० विश्व विजेता पनि हो। शीर्ष स्थानको श्रीलंका र दोस्रो स्थानको जिम्बावेले विश्वकप खेल्ने सम्भावना उच्च छ। तेस्रो स्थानको स्कटल्याण्ड्को पनि गणितीय सम्भावना कायमै छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ