२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बिहे सकेर फर्किँदै गरेको निजी बस दुर्घटना हुदाँ १२ को मृत्यु

images

  • २०८० असार ११, सोमबार
  • 1.1K
    SHARES
  • बिहे सकेर फर्किँदै गरेको निजी बस दुर्घटना हुदाँ  १२ को मृत्यु

    काठमाडौं : बिहेको कार्यक्रम सकेर फर्किँदै गरेको निजी बससँग ओएसआरटीसी बस ठोक्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ। सातजना घाइते भएका छन्। 

    भारतको उडिसामा आइतवार राति दुर्घटना भएको हो। घाइतेलाई उपचारका लागि एमकेसीजी मेडिकल कलेज पुर्‍याइएको प्रहरी जनाएको छ ।  ज्यान गुमाउनेहरु सबै बिहेमा सरिक भएर फर्किएकाहरु हुन्।  

    मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेका छन्। बिहेको पार्टी सकेर उनीहरु फर्किँदै गर्दा विपरित दिशाबाट आएको अर्को बससँग ठोक्किएको थियो। 

    स्पेसल रिलिफ कमिसनरले घाइतेको उपचारका लागि जनही ३० हजार रुपैयाँका दरले रकम निकासा गरिएको छ। उडिसाका मुख्यमन्त्री नविन पटनायकले घाइते सबैको उपचार निशुल्क हुने र मृतकका परिवारलाई ३ लाख उपलब्ध गराउने घोषणा गरेका छन्। 
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ