काठमाडौं : आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ।
टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको हो। नेदरल्यान्ड्सले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो।समूह चरणको सुरूवाती तीन खेलमध्ये दुई खेलमा हार ब्यहोरेको नेपालका लागि आजको खेल निर्णायक रहने छ। सुपर सिक्स सम्भावना जिवित राख्न नेपाल आज जित्नैपर्ने दबाबमा छ।
नेपालले गत बिहीबार वेस्ट इन्डिजविरुद्ध खेलेको टोलीमा कुनै परिर्वतन गरेको छैन। हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ। २ मध्ये १ खेलमा नेपाल र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो।
नेपालको प्लेईङ-११
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी



