२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईसीसी एक दिवसीय विश्वकप छनोट : पहिलो पटक भिड्दै नेपाल र वेस्ट इन्डिज

images

  • २०८० असार ६, बुधबार
  • 1.8K
    SHARES
  • आईसीसी एक दिवसीय विश्वकप छनोट : पहिलो पटक  भिड्दै  नेपाल र वेस्ट इन्डिज

    काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको तेस्रो खेलमा भोलि बिहीबार नेपालले विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग सामना गर्दैछ। नेपाल र वेस्ट इन्डिजबीचको खेल टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछ। नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो।

    यसअघि नेपालले टी ट्वान्टी तथा एकदिवसीय फम्र्याटमा वेस्ट इन्डिजसँग खेलेको थिएन। वेस्ट इन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधी जितेको थियो। 

    असार ३ मा भएको नेपाल र जिम्बावेबीचको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो। असार ५ मा भएको नेपाल र अमेरिकाबीचको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।

    नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग असार ९ मा खेल्नेछ।  


    विश्वकप छनोटमा नेपालको खेल

    विश्वकप छनोटमा सहभागी १० टिम २ समूहमा विभाजित छन्। समूह ‘ए’मा रहेको नेपालसँगै घरेलु टिम जिम्बाब्वे,अमेरिका,वेस्ट इन्डिज र नेदरल्यान्ड्स छन्। समूह ‘बी’मा आयरल्यान्ड,श्रीलंका,यूएई,ओमान र स्कटल्यान्ड छन्।

    समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ।

    १३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधै  विश्वकपका लागि छनोट भईसकेका छन्।
     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ