२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईसीसी एक दिवसीय विश्वकप छनोट : अमेरिकामाथि नेपालको जित

images

  • २०८० असार ५, मंगलबार
  • 1.2K
    SHARES
  • आईसीसी एक दिवसीय विश्वकप छनोट : अमेरिकामाथि नेपालको जित

    काठमाडौं : आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।

    अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गरेका छ। नेपालको जितमा भीम सार्कीले नटआउट ७७ रन जोडेका थिए। यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन जोडेका थिए। यस्तै, कप्तान रोहित पौडेल १६ रन, कुशल मल्ल १३ रन, आसिफ शेख १२ रन र कुशल भुर्तेल ३९ रनमा आउट भएका थिए।

    नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाएको थियो। अमेरिकाका लागि शायन जहानगिरले शतक प्रहार गरेका थिए।

    बलिङमा नेपालका करण केसीले ४ विकेट लिएका थिए। गुल्सन झाले ३ विकेट,दीपेन्द्रसिंह ऐरीले २ विकेट, ललितनारायण राजवंशीले २ विकेट लिएका थिए।

    जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना जीवित बनेको छ। अब नेपालले ७ असारमा वेस्ट इन्डिज  र ९ असारमा  नेदरल्यान्ड्ससँग खेल्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ