२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

उच्च शिक्षाका लागि विदेशिने क्रम तीव्र : ११ महिनामा बाहिरियो १ खर्ब २४ अर्बभन्दा बढी

images

  • २०८३ साउन १८, सोमबार
  • 691
    SHARES
  • उच्च शिक्षाका लागि विदेशिने क्रम तीव्र : ११ महिनामा बाहिरियो १ खर्ब २४ अर्बभन्दा बढी

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार ११ महिनाको अवधिमा उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरूमार्फत ठूलो रकम मुलुकबाहिर पुगेको छ। वैदेशिक अध्ययनका नाममा यो अवधिमा मात्रै १ खर्ब २४ अर्ब ८० करोड रूपैयाँ बाहिरिएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ सय १७ अर्ब १ करोड रूपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। यसले नेपाली युवाहरूमाझ उच्च शिक्षाका लागि विदेश जाने बढ्दो आकर्षणसँगै देशबाट वैदेशिक मुद्रा बाहिरिने क्रम झन् तीव्र बन्दै गएको प्रस्ट पार्छ।

    नेपालीहरूको वैदेशिक यात्रा र अध्ययन खर्च बढेसँगै देशको कुल भ्रमण व्यय समेत १६.५ प्रतिशतले वृद्धि भई २०३ अर्ब ९७ करोड रूपैयाँ पुगेको छ। अर्कोतर्फ, समीक्षा अवधिमा पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय ६.९ प्रतिशतले बढेर ८२ अर्ब २० करोड रूपैयाँ पुगे तापनि आम्दानीको तुलनामा खर्च निकै उच्च रहेको छ। यसको प्रत्यक्ष असर देशको खुद सेवा आयमा परेको छ, जसका कारण सेवा खाता घाटा अघिल्लो वर्षको ५६ अर्ब ३६ करोड रूपैयाँबाट ह्वात्तै बढेर ९७ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ।

    मुलुकभित्र गुणस्तरीय शिक्षा र अध्ययनपछिको सुरक्षित रोजगारीका पर्याप्त अवसरहरूको कमी हुनु नै युवा वर्ग विदेशिनुको प्रमुख कारण मानिएको छ। गुणस्तरीय जीवनशैली, व्यावहारिक शिक्षा र अन्तर्राष्ट्रिय अवसरको खोजीमा बर्सेनि हजारौँ विद्यार्थीहरू बाहिरिँदा राष्ट्रिय अर्थतन्त्रबाट ठूलो परिमाणमा पूँजी पलायन भइरहेको छ। यसले देशको शोधनान्तर स्थिति र वैदेशिक मुद्रा सञ्चितिमा थप दबाब सिर्जना गरिरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ