२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८१ हजार ५ सय रुपैयाँ

images

  • २०८३ कात्तिक ९, सोमबार
  • 116
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८१ हजार ५ सय रुपैयाँ

    काठमाडौं : नेपाली बजारमा केही दिनदेखि लगातार घटेको सुनचाँदीको मूल्य आज सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ बढेको छ। 

    आज सोमबार मूल्यवृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ पुगेको छ भने हिजो आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

    त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ भने हिजो आइतबार चाँदी प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ