काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा प्रहरीले विभिन्न कसुरमा १ सय १८ जनालाई नियन्त्रणमा लिएको छ। यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५ सय १४ जना चालकसमेत कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं जिल्लाबाट ९९ जना, भक्तपुरबाट १७ जना र ललितपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि विभिन्न कसुरमा अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
यसैबीच, उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूमाथि पनि प्रहरीले कारबाही गरेको छ। पछिल्लो २४ घण्टामा कारबाहीमा परेका ५ सय १४ चालकमध्ये ६४ जनाले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ।
त्यस्तै, लागुऔषध सेवन गरी सवारी चलाउने २ जना, तीव्र गतिमा सवारी चलाउने ४० जना र रातो बत्तीको उल्लंघन गर्ने २१ जना चालक कारबाहीमा परेका छन्। बाँकी चालकलाई अन्य ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले शान्ति सुरक्षा कायम राख्न तथा सडक दुर्घटना न्यूनीकरण गर्न नियमित निगरानी र ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि कारबाही गर्दै आएको छ।