२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

५८.९३ अङ्कले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.1K
    SHARES
  • ५८.९३ अङ्कले घट्यो नेप्से, साढे ५ अर्बको  कारोबार

    काठमाडौँ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ५८.९३ अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ५९.०२ अंक घटेर २४७०.३९ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ९.५२ अंक, फ्लोट इण्डेक्स ३.९४ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक घटेको छ।

    आज कारोबार रकम भने झिनो रकमले बढेको छ। हिजो सोमबार ५ अर्ब ६६ करोड ३ लाख २ हजारको शेयर कारोबार भएको बजारमा आज ३ सय ९ कम्पनीको ७७ हजार २ सय ६४ पटकको कारोबारमा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ४ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज एनएलजी इन्स्योरेन्सको शीर्ष स्थानमा १८ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको १७ करोड ५३ लाख तथा हिमालयन रि इन्स्योरेन्सको १४ करोड ६५ लाखभन्दा बढीको शेयर किनबेच भएको छ। 

    आज १३ उपसमूह परिसूचक घटेको छ। आज कारोबारमा आएका ३०९ कम्पनीमध्ये १० कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको घटेको छ तथा १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज स्वरोजगार लघुवित्तको मूल्य सर्वाधिक ८.८१ प्रतिशत तथा अप्पर स्याङ्गे हाइड्रोपावरको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने हिमालयन हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ