२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

बाँकेबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ

images

  • २०८० साउन १४, आइतबार
  • 1.2K
    SHARES
  • बाँकेबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ

    साउन १४,काठमाडौं : लागूऔषध खैरो हेरोइनसहित बाँकेबाट प्रहरीले दुई जना पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका(१५ जमुनाहबाट खैरो हेरोइन करिब ३ ग्राम ५ सय मिलिग्राम र २२ हजार रुपैयाँसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका-१३ मैनाबगर बस्ने ३५ वर्षीय अबयुद्ध सुनुवार र सोही उपमहानगरपालिका-३ पुलचोक बस्ने २७ वर्षीय अजय श्रेष्ठ रहेका छन्।

    इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ