२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images
जल तथा मौसम

पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

images

  • २०८० साउन १४, आइतबार
  • 1.4K
    SHARES
  • पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

    साउन १४, काठमाडौं : नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही  देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज ५ वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १/२ स्थानमा हल्का वर्षा भइरहेको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ।

    आज कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ।

    मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ