२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images
दुर्घटना

दाङमा ट्रक दुर्घटना

images

  • २०८० साउन १३, शनिबार
  • 1.2K
    SHARES
  • दाङमा ट्रक दुर्घटना

    साउन १३, काठमाडौं : दाङको घोराही सडक खण्डको चौपट्टा नजिक शनिवार दिउँसो ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन्। शनिवार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको  ट्रक दुर्घटना हुँदा ट्रकमा सवार २ यात्रु घाइते भएका हुन्। घाइते हुनेहरूमा लमही नगरपालिका २ बस्ने रबिना चौधरी र करुणा चौधरी रहेको प्रहरीले जानकारी दिनु भयो।

    उकालोमा टायर पन्चर भएर रोक्ने क्रममा ब्रेक फेल हुदा ट्रक सडकबाट खोलामा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिनु भयो। दुर्घटनामा ट्रकका चालक र सहचालक हामफालेका थिए भने ट्रकमा सवार किशोरीहरु घाइते भएको प्रहरीले जानकारी दिनु भयो। घाइते दुवैजना किशोरीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ