२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वीर अस्पतालमा थपियो भीआइपी शय्या

images

  • २०८० साउन ९, मंगलबार
  • 1.5K
    SHARES
  • वीर अस्पतालमा थपियो भीआइपी शय्या

    साउन ९, काठमाडौं : वीर अस्पतालले विशिष्ठ व्यक्तिहरूका लागि आवश्यक सुविधासहित थप भीआइपी र भीभीआइपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ।

    वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआइपी र भीभीआइपीका लागि दुई शय्या छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा ३ शय्या थप गरेर कूल ५ शय्यासहितको सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो। 

    वीर अस्पतालमा सञ्चालनमा आएको भीआइपी र भीभीआइपी उपचार कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले निरीक्षण गरेका थिए। 

    स्वास्थ्य मन्त्री बस्नेतले भीआइपी र भीभीआइपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भीआइपी र भीभीआइपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको  बताउनु भयो।

    मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिनु भउको छ। उहाँले  बीरमा बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी देखिएको बताउनु भयो। मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रीत रहेको बताउनु भयो। 

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ