२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

प्रधानमन्त्री प्रचण्ड र आईएफएडीका प्रमुखबीच भेटवार्ता

images

  • २०८० साउन ९, मंगलबार
  • 796
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र आईएफएडीका प्रमुखबीच भेटवार्ता

    साउन ९,काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभेलप्मेन्ट (आईएफएडी( का प्रमुख डा. अल्भारो लारियोबीच मंगलबार बिहान भेटवार्ता भएको छ। 

    भेटवार्तामा आईएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा, आईएफएडी र नेपालीका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालमा कृषि क्षेत्रमा आईएफएडीले विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आइरहेको छ।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच इटालीमा भेटवार्ता भएको थियो।

    त्यस्तै, अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी)को अध्यक्षका हैसियतमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्नु भएको थियो।  त्यस्तै उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नु भएको थियो। सोमबार नै उहाँले  सात देशमा रहेका नेपाली प्रतिनिधिहरूलाई भेट्नु भएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ