साउन ९, काठमाडौं : नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुरको चौधकिलोमा ट्रक र बस ठक्कर खाँदा ११ जना घाइते भएका छन्। आज बिहान भरतपुर २९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आँउदै गरेको ट्रक ठोक्किएका हुन्।
घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको र बस चालकको खुट्टा च्यापिएको निकाल्न केही समस्या भएको प्रहरीले जानकारी दिनु भयो। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले बताउनु भयो।



