साउन ९, काठमाडौं : मुग्लिन–नारायणगढ सडक खण्ड अवरूद्ध भएको छ। चितवनको इच्छाकामना ४ कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्ध भएको हो।
आज बिहान बाटोमा पहिरो थुप्रिएपछि सडक दुइतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिनुभयो। पानी परिरहेकोले पहिरो पन्छाउने समस्या भएको छ भने थप पहिरो खस्न सक्ने जोखिम कायमै भएकाले पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जानकारी दिनुभयो।



