साउन ७,काठमाडौं :चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको टोली काठमाडौँ आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य युयान च्याच्युन नेतृत्वको उच्चस्तीय टोली काठमाडौँ आइपुगेको हो ।
च्या २५ सदस्यीय टोलीसहित नेपाल भ्रमणमा आएका हुन् । चिनियाँ उच्चस्तरीय टोलीले नेपालमा महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ ।
नेपालमा भारत र अमेरिकी नेताहरुको भ्रमण बाक्लिएपछि केही समययता चिनियाँ नेताहरुको नेपाल आउनेक्रम पनि बढेको छ ।



