२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

नेपाली क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने

images

  • २०८० साउन ५, शुक्रबार
  • 896
    SHARES
  • नेपाली क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने

    साउन ५,काठमाडौं : एसिया कप २०२३ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ। नेपाल पहिलो पटक एशिया कप खेल्न लागेको हो। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्ती जारी गर्दै एसिया कप २०२३ का लागि श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने जनाएको छ।


    १५ दिनको बन्द प्रशिक्षणका दौरान नेपालले ४ वटा अभ्यास खेल्नेछ। अभ्यास खेल श्रीलंकाका स्थानीय टिमसँग हुनेछ। राम्रो टिम विरुद्ध खेल सुनिश्चित गर्न सहयोग गरेकोमा क्यानले श्रीलंका क्रिकेटलाई धन्यवाद दिएको छ। अहिले श्रीलंका नै रहेको नेपाली टिम उक्त क्याम्प सकिएपछि मात्र नेपाल फर्कनेछ। ​

    एसिया कप २०२३ मा नेपालको खेल

    एशिया कप क्रिकेट २०२३ आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म श्रीलंका र पाकिस्तानमा हुनेछ। गत वैशाखमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप क्रिकेट २०२३ मा स्थान बनाएको थियो।

    समूह 'ए' मा नेपाल, भारत र पाकिस्तान छन्। नेपालले १३ भदौंमा पाकिस्तान र १८ भदौंमा भारतसँग खेल्नेछ। समूह 'बी' मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। समूहमा शीर्ष २/२ टिम सुपर फोरमा पुग्नेछन्। सुपर फोरका शीर्ष २ टिमबीच उपाधि भिडन्त हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ