२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images
एसीसी इमर्जिङ टिम्स एसिया कप

नेपालको युएईमाथि सानदार जित

images

  • २०८० साउन ३, बुधबार
  • 856
    SHARES
  • नेपालको युएईमाथि सानदार जित

    साउन ३, काठमाडौं : कुशल भुर्तेलको सानदार बलिङ र ब्याटिङको सहयोगमा नेपालले एसीसी कपमा युएई 'ए' लाई ३ विकेटले पराजित गरेको छ।
    टस जितेर पहिला ब्याटिङ गरेको यूएई ए ले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो। खेलमा पूरै १० ओभर बलिङ गरेका कुशलले ४० रन दिएर ६ विकेट लिएका हुन्। खेलमा पहिलो विकेट कुशल मल्लले र दोस्रो विकेट पवन सराफले लिएका हुन् तेस्रो देखि आठौंसम्मका ६ विकेट भने कुशलले हात पारेका हुन्।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाएका थिए। त्यस्तै, सन्दीप जोरा र देव खनालले समान २४/२४ रन बनाएका थिए । 

    त्यसअघि, युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए। इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाएका थिए ।  

    समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका थिए। युएई जितबिहिन रुपमा प्रतियोगिता सकाएको छ। नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। त्यस्तै, युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो। युएईले दोस्रो रोजाईका खेलाडी इमर्जिङ टिम्स कपमा पठाएको छ। 

    यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ। सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन्। सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ। 

    सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन्। फाइनल खेल २३ जुलाईमा हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ