साउन ३,काठमाडौं: श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्ध कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका छन्।
खेलका पूरै १० ओभर बलिङ गरेका कुशलले ४० रन दिएर ६ विकेट लिएका हुन्। खेलमा पहिलो विकेट कुशल मल्लले र दोस्रो विकेट पवन सराफले लिएका हुन् तेस्रो देखि आठौंसम्मका ६ विकेट भने कुशलले हात पारेका हुन्।
कुशल सहितका बलरले दबाबमा राखेपछि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ए ले ४० ओभरको खेल सकिँदा ८ विकेट गुमाएर १४९ रन बनाएको छ।



