साउन ३,काठमाडौं: भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको टोली काठमाडौंको अनामनगरस्थित देवीनगर पुगेको छ।
सार्वजनिक जग्गा अतिक्रमण गरे सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन नगर प्रहरी परिचालन गरेको हो।
महानगरपालिका–१० देवीनगरमा रहेको घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो। सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाउने काम भइरहेको महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिनु भयो।
सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ । सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ।



