२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

नेपाली राष्ट्रिय टोली पाकिस्तान 'ए'सँग ४ विकेटले पराजित

images

  • २०८० असार २९, शुक्रबार
  • 966
    SHARES
  • नेपाली राष्ट्रिय टोली पाकिस्तान 'ए'सँग ४ विकेटले पराजित

     असार२९,काठमाडौं:नेपाल पाकिस्तान एसँग चार विकेटले पराजित भएको छ। श्रीलंकामा भएको एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान एसँग पराजित भएको हो।

    टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो। नेपालका लागि बलर सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए। १०१ बल खेलेका उनले ९ चौका र दुई छक्का प्रहार गरेका थिए। 

    त्यस्तै प्रतिश जिसीले २६, कुशल मल्लले १७, अर्जुन साउदले १७, गुल्सन झाले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन जोड्न सकेनन्। भीम सार्की शून्यमै पेभेलियन फर्किँदा कुशल भुर्तेल र पवन सर्राफले १–१, रोहित पौडेलले ४ रन बनाए।

    पाकिस्तान एले नेपालले दिएको १८० रनको लक्ष्य ३२.५ ओभरमा ६ विकेट क्षतिमा पूरा गर्‍यो। पाकिस्तानका लागि तायब ताहिरले अर्धशतक प्रहार गरेका थिए। नेपालका लागि ललित राजबंशीले ३ विकेट, पन सर्राफले २ विकेट र कुश मल्लले १ विकेट लिएका थिए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ