२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

राति सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या

images

  • २०८० असार २९, शुक्रबार
  • 916
    SHARES
  • राति सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी  एक पुरुषको  हत्या

    असार २९,काठमाडौं:रौतहटको देवाही गोनाही नगरपालिकामा एक पुरुषको घरमै हत्या भएको छ ।देवाही गोनाही ६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको ‘राति सुतेकै स्थानमा हत्या भएको हो ।  आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

    रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले भने, ‘उनको घाटीमा धारिलो हतियारले प्रहार भएको देखिएको छ ।’ मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको उहाँले बताउनु भयो । घटनाका बारेमा अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको उपरीक्षक बुढामगरले जानकारी दिनु भयो ।

    प्रारम्भिक अनुसन्धानका क्रममा मृतककी श्रीमतीले राति चारजना मान्छेहरु घर भित्र प्रवेश गरी आफूलाई छेउको कोठामा थुनेर श्रीमानको हत्या गरेको बताएकी छिन ।हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ