२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images
एसिसी इमर्जिङ कप

एसिसी इमर्जिङ कप : आज नेपाल र पाकिस्तान ‘ए’ भिड्दै

images

  • २०८० असार २९, शुक्रबार
  • 1.1K
    SHARES
  • एसिसी इमर्जिङ कप : आज नेपाल र पाकिस्तान ‘ए’ भिड्दै

    असार २९,काठमाडौं : श्रीलंकामा जारी एसिसी इमर्जिङ कप प्रतियोगितामा नेपालले आज शुक्रबार पाकिस्तान ‘ए’ सँग सामना गर्दैछ। नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल कोलम्बो क्रिकेट क्लबमा नेपाली समयअनुसार सवा १० बजे सुरु हुनेछ।

    रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भएको थियो जसमा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले टिममा स्थान बनाएका छन्। यस्तै, टिममा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो रहेका छन्। यस्तै, ज्ञानेन्द्र मल्ल र करण केसी टिममा छैनन्। सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी २० लिग क्यानडा खेल्न जाने भएकाले टिममा छैनन्।

    इमर्जिङ कपको समूह ‘बी’ मा नेपाल, युएई, पाकिस्तान ‘ए’ र भारत ए छन् भने समूह ‘ए’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान छन्। यस्तै, नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ‘ए’ सँगभने तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ।

    आजको अर्को खेलमा भारत र यूएईबीच खेल हुर्दैछ। हिजो बिहीवारदेखि सुरु भएको प्रतियोगितामा श्रीलङ्का र अफगानिस्तानले विजयी सुरुवात गरेका छन्। श्रीलङ्का ’ए’ ले बङ्गलादेश ’ए’ लाई ४८ रनले र अफगानिस्तान ’ए’ ले ओमान ’ए’ लाई ७२ रनले हराएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ