असार २६, काठमाडौं : विराटनगरमा साइकल चालकलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गएको बुधवार विराटनगरको दुधफारम नजिकै साइकल चालक पवन साहलाई कुटपिट गरेर सडकमा घिसार्नेमध्येका एक आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरेको हो।
कुटपिटमा संलग्न कुशल भेटुवाल र रोशन कार्की भने फरार छन् बा १५ च ३४४५ नम्बरको कारमा आएका उनीहरूले विपरीत दिशाबाट गुडिरहेको साइकलका चालक साहलाई मुक्का प्रहार गरी लडाएर सडकबाट घिसारेर किनारमा छाडेर हिँडेका थिए। पक्राउ परेका भेटुवाललाई प्रहरीले ज्यान मार्ने कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।



