असार २६,काठमाडौं : लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्ट दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट ६ जनाकै शव निकालिएको घटनास्थल पुगेका प्रहरीले जानकारी दिनुभयो।
लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टर बिहान १० बजे सम्पर्कविहीन भएको थियो। उक्त हेलिकप्टर लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन। अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको। प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन्।



