२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

आज विश्व जनसंख्या दिवस

images

  • २०८० असार २६, मंगलबार
  • 1.7K
    SHARES
  • आज विश्व जनसंख्या दिवस

    असार २६, काठमाडौं : आज विश्व जनसङ्ख्या दिवस नेपालमा पनि मनाइँदैछ। जनसंख्याका मुद्धाहरुलाई सम्बोधन गर्न सन् १९८९ देखि हरेक वर्ष विश्व जनसंख्या दिवस मनाउने गरिएको छ।

    नेपाल सरकारले पनि जनसंख्याको उचित व्यवस्थापन गर्न परिवार नियोजनको अभियानलाई प्रभावकारी बनाउन जोड दिँदै आएको छ। दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसांख्यिक संरचनामा केही फेरबदल आएको बताएका छन्।

    संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार अहिले विश्वको कुल जनसंख्या ७ अर्ब ९५ करोड ४० लाख छ। जसमा ६५ प्रतिशत मानिस १६ देखि ६४ वर्ष उमेरका छन्। ६५ वर्षभन्दा माथिका १० प्रतिशत र १४ वर्षभन्दा मुनिका २५ प्रतिशत मानिस छन्। कोषका अनुसार अबको केही समयमा विश्वको जनसंख्या ८ अर्ब पुग्ने छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ