२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

असार ३० गते लमजुङमा कोरा साईकल च्यालेन्ज हुने

images

  • २०८० असार २५, सोमबार
  • 3.5K
    SHARES
  • असार ३० गते  लमजुङमा कोरा साईकल च्यालेन्ज हुने

    असार २५, काठमाडौं : असार ३० गते देखि लमजुङमा  कोरा साईकल च्यालेन्ज प्रतियोगिता हुने भएको छ। सोसल टुर्स, साईकल सिटी नेटवर्क नेपाल, प्यानग्रो एन्ड ग्रीन वे नेपालको संयुक्त आयोजना एवम् लमजुङ साइकल संघको व्यवस्थापनमा उक्त साईकल च्यालेन्ज प्रतियोगिता हुने भएको हो।

    कोरा च्यालेन्ज काठमाडौ लमजुङका संयोजक एवम् लमजुङ साईकल संघका सदस्य सञ्जित घिमिरेले “यस वर्ष कोरा गर्नुको मुख्य कारण २०७२ सालको भुकम्पमा टर्कीले हामीलाई सबै भन्दा पहिले सहयोग गरेको कारण अब हाम्रो पालो भन्ने नाराका साथ यो कार्यक्रमको अयोजना खोजिएको बताउनु भयो।

    नेपालमा अहिले धरैले साईकल नचलाउने र यसरी एउटा कार्यक्रममा हजारौंले साईकल चलाउँदा नयाँ पुस्ताले साईकलको महत्त्व र फाइदा थाहा पाउने उद्देश्य राखिएको उहाँको भनाई छ। साईकल चलाउने मात्र नभई यसले पर्यटनलाई समेत सहयोग पुग्ने बताउदै उहाँले साईकलको रुट गाउँ गाउँमा रहेका धार्मिक, पर्यटकीय क्षेत्र एवं ऐतिहासिक सम्पदा हरु सबै माझ पुर्‍याउने बताउनु भयो।

    साईकल च्यालेन्ज १५ जुलाई अर्थात असार ३० गते सुन्दरबजारबाट सुरु भई सदरमुकाम बेशिसहर सम्म ३८ किलोमिटरको दूरीमा आयोजना गरिनेछ। साईकल च्यालेञ्ज कुनै प्रतियोगिता नभएकाले सबै मिलिजुली एक भई गरिने र ट्रयाक पूरा भईसकेपछि सहभागीलाई मेडल लगाएर कार्यक्रम समापन गरिनेछ।

    आयोजकले कार्यक्रममा सबै उमेर समुहका मानिसहरु सहभागी हुन पाउने जनाएको छ। कार्यक्रममा सहभागी हुन www.mykorachallenge.com बाट रजिस्टर गराउन सकिनेछ भने Greenway Nepal एपबाट रुट थाहा पाउन सकिनेछ। रजिस्ट्रर नगरी सहभागी हुनेलाई कुनै सेबा सुविधा नहुने भएकाले सबैलाई रजिष्टर गरेर सहभागी हुन पनि आयोजकले आग्रह गरेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ