२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images
जल तथा मौसम

लुम्बिनी, गण्डकी,कर्णाली र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

images

  • २०८० असार २४, आइतबार
  • 1.7K
    SHARES
  • लुम्बिनी, गण्डकी,कर्णाली  र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

    २४ असार, काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। आज ४ वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हाल कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा हल्का वर्षा भइरहेको छ।

    अहिले मनसुनी रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ छ र त्यो उत्तरतिर सर्ने क्रममा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाका आकलन छ। मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ