२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

राज्यको बागडोर घुमिफिरी हाम्रै भागमा आएको अरुलाई पचेन : प्रधानमन्त्री प्रचण्ड

images

  • २०८० असार २०, बुधबार
  • 1.2K
    SHARES
  • राज्यको बागडोर घुमिफिरी  हाम्रै भागमा आएको अरुलाई पचेन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओबादी शक्तिहरु अब एकै ठाउँमा आउने बताउनु भएको छ। राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ढिलो चाँडो माओबादी शक्तिहरु एकै ठाउँमा आउने  बताउनु भएको हो।

    उहाँले भन्नु भयो, ‘युद्धबाट शान्तितिर आयौं हामी। हामी निकै बलियो भएर प्रस्तुत भयौं। माओबादी आन्दोलन बन्दुक देखाएर तर्साउने मात्रै भनेर अपमानित गर्न खोज्ने प्रवृत्ति थियो।

    हामीलाई जनताको भरोसा थियो। शान्तिपूर्ण प्रतिस्पर्धाबाट हामी देशको ठूलो पार्टी बन्यौं। माओबादी आन्दोलनलाई असफल बनाउन प्रतिकृयाबादीहरुले षड्न्त्र गरेको उहाँले बताउनु भयो।

    राज्यको बागडोर हाम्रै भागमा घुमिफिरी आइपुगेको बताउँदै उहाँले ‘यो त्यत्तिकै आएको होइन। इतिहासको बलमा हामी यहाँ छौं। यो अरुलाई पचेको छैन। भ्रष्टाचार, कुशासन र बेथीतिविरुद्धको अभियानमा छु। यो प्रतिकृयावादीलाई मन परेको छैन। ३२ सिट भएको पार्टीले कुशासनविरुद्ध अभियान चलाएको उनीहरुलाई मन नपरेको उहाँले बताउनु भयो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ