२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

उतारचढाव बीच नेप्सेमा दोहोरो अंकको गिरावट

images

  • २०८० असार १८, सोमबार
  • 1.1K
    SHARES
  • उतारचढाव बीच नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौँ : साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज सोमबार पनि सोही गतिलाई निरन्तरता दिएको हो। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ।

    नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९८ विन्दुमा पुगेको छ। नेप्सेमा कूल २७६ कम्पनीको  ९४ लाख १८ हजार ९५२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आज नेप्सेमा १७४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने, ४१ कम्पनीको सेयरमूल्य भने बढेको छ।

    Capture.JPG

    आज सिवाईसी नेपाल लघुवित्त, बिपीडव्लु लघुवित्त सिटी होटलको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने, लक्ष्मी इक्विटी फण्ड, सामुदायिक लघुवित्त र पाँचथर पावर कम्पनीका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


    आज नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक २३ करोड ९४ लाखको कारोबार हुँदा  सोल्टी होटलको २० करोड ९१ लाख र नागरिक लगानी कोषको २० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

    1Capture.JPG


    त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये २ समूहको परिसूचक मात्र बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक  प्रतिशतले बढेको छ भने बैंकिङ्ग,जलविद्युत,जीवन बीमा,उत्पादन तथा प्रशोधन,लघुवित्त,म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ