२०८३, कात्तिक १२ गते

Oct 29 2026

Logo
  • २०८३ कात्तिक १२, बिहीबार
  • (Oct 29, 2026)
images

२९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाइँदै सरकार

images

  • २०८० असार १८, सोमबार
  • 941
    SHARES
  • २९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाइँदै  सरकार

    काठमाडौं :सरकारको लागि सोमबार राष्ट्र बैंकले २९ अर्ब ६६ करोड रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसमध्ये २४ अर्ब ६६ करोड रूपैयाँ पुरानै ऋणपत्र नवीकरण हुने भएका हुन् भने पाँच अर्ब नयाँ ऋणपत्र उठाइने भएको हो ।

    आठ अर्ब रूपैयाँको २८ दिने, सात अर्ब ७५ करोडको ९१ दिने र आठ अर्ब ९१ करोड ६५ लाख ५० हजारको तीन सय ६४ दिने ऋणपत्र उठाउन लागिएको हो।  नयाँ उठाइन लागेको पाँच अर्बको ऋणपत्रको अवधि भने एक सय ८२ दिन रहेको छ। यसअघि असार ११ मा २४ अर्ब रूपैयाँको ऋणपत्र बोलकबोल गरिएको थियो।  

    जसमा औसत ब्याजदर ५.६१ देखि ७.१९ प्रतिशतसम्म कायम भएको छ। केही महिना अघिसम्म यस्ता ऋणपत्रको ब्याजदर दोहोरो अंक नाघेको थियो।
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ