२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

नेप्सेमा दोहोरो अंकको गिरावट

images

  • २०८० असार १७, आइतबार
  • 1.0K
    SHARES
  • नेप्सेमा दोहोरो अंकको  गिरावट

    काठमाडौँ : साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार नेप्से दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा पुगेको छ। नेप्सेमा कूल २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आज नेप्सेमा २०७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने, १८ कम्पनीको सेयरमूल्य भने बढेको छ।

    aaja capture.JPG
    Nepsa 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशत घटेको छ। त्यसैगरी, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। आजको कारोबारमा बिपीडव्लु लघुवित्त र सिटी होटलका लगानीकर्ताले अत्याधिक कमाएका छन् भने, सिर्जनसिल लघुवित्त र गमाउन्टेन इनर्जीका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

    aaja capture 1.JPG
    Nepsa

    आइतबार नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक ४२ करोड ५७ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको २७ करोड ५६ लाख र सोल्टी होटलको २० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ