काठमाडौँ : साताको तेस्रो कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ। नेप्से परिसूचक साढे ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ। आज नेप्से परिसूचक ५६.९४ अंक बढेर २१८६.३६ विन्दुमा पुगेको छ।
नेप्सेमा लघुवित्त कम्पनीका सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिंदा लघुवित्त उपसूचक पनि उच्च वृद्धि भएको छ। आज ३३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, अन्य १० कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ३७ कम्पनीको मूल्य मात्र घटेको छ। आज सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ३.८८ प्रतिशत घटेको छ।
आज २७५ कम्पनीको ८० हजार ३९८ पटकको कारोबार भएको छ। आज ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ।
आज १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ८.९६ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ४.४४ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक ३.९३ प्रतिशत बढेको छ। आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सेन्सेटिभ इण्डेक्स ३.३६ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ प्रतिशत बढेको छ।
यस दिन स्वाबलम्बन लघुवित्त वित्तीय संस्था धेरै कारोबार भएको छ। सो कम्पनीको यस दिन २५ करोडभन्दा बढी रुपैयाँ बराबरको शेयर कारोबार भएको छ र शिवम् सिमेन्ट्स र सोल्टी होटलको २२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।



