२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्से दोहोरो अंकले वृद्धि

images

  • २०८० असार ११, सोमबार
  • 1.1K
    SHARES
  • नेप्से दोहोरो अंकले वृद्धि

    काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार नेप्से दोहोरो अंकले बढेको छ। यस दिन नेप्से परिसूचक भने ११.६९ अंक बढेर २१२९.२ विन्दुमा पुगेको छ।

    लगानीकर्ताहरु वित्त तथा लघुवित्त कम्पनीहरुमा आकर्षित भएका छन्। सोमबार लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९९ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अघिल्ला दिनहरुमा उच्च अङ्कले बढेकाे जीवन बीमा परिसूचक ०.०८ % र निर्जीवन बीमा परिसूचक ०.९७ % ले घटेकाे छ।

    यसदिन २७९ स्टकका १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर ७३ हजार ९५८ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको सेयर खरिद बिक्री भएको छ।

    aaja26.png

    यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन लाइफ इन्स्योरेन्स, बिपिडब्लु लघुवित्त, सिटि होटल र सिभिल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन माउन्टेन इनर्जी नेपाल, आशा लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सुपर मादी हाइड्रोपावर र विन नेपाल लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। 

    यस्तै शिवम् सिमेन्टस एक्लैको ४२ करोड ६ लाख रुपैयाँको सेयर कारोबार हुँदा सोल्टी होटलको २७ करोड २७ लाख, हिमालयन डिष्टिलरी २२ करोड ३८ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १५ करोड ५० लाख र नेपाल लाइफको १४ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ