२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जेठ महिनामा ३ हजार ८ सय विद्युतीय सवारी भित्रिए

images

  • २०८० असार ८, शुक्रबार
  • 1.4K
    SHARES
  • जेठ महिनामा ३ हजार ८ सय विद्युतीय सवारी भित्रिए

    काठमाडौं :विद्युतीय सवारी आयातमा तीब्रता आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ महिनामा मात्र ३ हजार ८ सय ७० वटा विद्युतीय कार, भ्यान, जिप आयात भएको हो । पेट्रोलियम गाडीको आयातमा कठिनाई भएसँगै व्यवसायीहरु विद्युतीय गाडीतर्फ आकर्षित भएका हुन् । 

    विभागका अनुसार यस अवधिमा अधिकतम् ३ हजार ७५२ वटा १०० किलोवाट भन्दा कम ब्याट्री पावरका विद्युतीय सवारी आयात भएका छन् । यस्तै, १०१ देखि २०० किलोवाट क्षमताका ११६ वटा र २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा विद्युतीय सवारी आयात भएका छन् ।  

    यसरी एक महिनामा आयात भएका ३ हजार ८७० वटा विद्युतीय सवारीमा ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ । जसबाट सरकारलाई ३ अर्ब ५ करोड ११ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको समेत विभागले जनाएको छ । 

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ