२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आर्थिक मन्दीले धरासायी बन्दै सिमेन्ट उद्योग

images

  • २०८० असार ६, बुधबार
  • 1.1K
    SHARES
  • आर्थिक मन्दीले धरासायी बन्दै सिमेन्ट उद्योग

    काठमाडौं : आर्थिक मन्दी  झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९र८० मा पनि ११ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। आर्थिक वर्ष २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो।

    संस्थाका अनुसार उद्योग हालसम्म ९० करोड रुपैयाँको घाटामा चलिरहेको छ। आर्थिक वर्ष २०७४/७५ मा उद्योगले एक लाख नौ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो। यसमा एक लाख छ हजार तीन सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो।

    साथै एक अर्ब ६८ करोड ३८ लाख ६४ हजार नौ सय १७ रुपैयाँ आम्दानी गरेको र एक अर्ब ५२ करोड २६ लाख एक हजार चार सय १८ रुपैयाँ खर्च भएको थियो भने १६ करोड ३६ लाख तीन हजार चार सय ९९ रुपैयाँ नाफा कमाएको थियो। यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्याङ्क छ।

    आर्थिक वर्ष २०७५/७६ मा उद्योगले एक लाख नौ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा एक लाख चार हजार पाँच सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो। यसमा एक अर्ब ६४ करोड २० लाख १८ हजार तीन सय १८ रुपैयाँ आम्दानी गरेकामा एक अर्ब ६५ करोड २५ लाख ५९ हजार चार सय ५४ रुपैयाँ खर्च भई एक करोड पाँच लाख ४१ हजार एक सय ३६ रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

    त्यसपछि आर्थिक वर्ष २०७६/७७ मा उद्योगले ८१ हजार नौ सय ८९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ७२ हजार सात सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो। यसमा एक अर्ब एक करोड तीन लाख तीन हजार पाँच सय ४३ रुपैयाँ आम्दानी गरेकोमा एक अर्व २४ करोड ८५ लाख २७ हजार पाँच सय ५१ रुपैयाँ खर्च भई २३ करोड ८२ लाख २४ हजार रुपैयाँ उद्योगलाई घाटा भएको थियो।

    त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा उद्योगले ८९ हजार दुई सय २५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ९२ हजार छ सय ८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा रु एक अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ आम्दानी गरेकामा एक अर्ब ३९ करोड ५२ लाख ८८ हजार सात सय ११ खर्च रु १७ करोड चार लाख ४० हजार छ सय ६९ उद्योगलाई घाटा भएको थियो।

    आर्थिक वर्ष २०७८/७९ मा उद्योगले ८५ हजार दुई सय ५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ८० हजार छ सय ९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब चार करोड ३४ लाख ८६ हजार दुई सय ९५ आम्दानी गरेकामा रु एक अर्ब २७ करोड ८९ लाख ९७ हजार दुई सय ६४ खर्च भई रु २३ करोड रु ५५ लाख १० हजार नौ सय ६९ उद्योग घाटामा गएको थियो।

    यस्तै, आर्थिक वर्ष २०७९/८० मा रु एक अर्ब दुई करोड ३९ लाख ८४ हजार आठ सय ४० आम्दानी गर्न सफल रहेको उद्योगले रु एक अर्ब १३ करोड ५५ लाख ४८ हजार दुई सय ३५ खर्च गरेको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ