२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

थुलुङ दूधकोशी गाउँपालिका–२ ले आलु बिक्रीका लागि काठमाडौं पठायो

images

  • २०८० असार ६, बुधबार
  • 1.3K
    SHARES
  • थुलुङ दूधकोशी गाउँपालिका–२ ले आलु बिक्रीका लागि काठमाडौं पठायो

    काठमाडौं : थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर २ का किसानहरुले उत्पादन गरेको आलु काठमाडौं पठाएको छ। आलु सङ्कलन गरी बिक्रीका लागि काठमाडौं  पठाएको हो।

    गाउँमा उत्पादन भएको आलु स्थानीय बजारले धान्न नसकेपछि वडा कार्यालयले सङ्कलन गरेर काठमाडौं पठाएको वडाअध्यक्ष युजन बस्नेतले जानकारी दिनुभयो। 

    आलु गाउँपालिकाको कृषी एम्बुलेन्समार्फत काठमाडौं पठाएको उहाँले बताउनुभयो। गाउँबाट सङ्कलन गरेको आलु काठमाडौमा रहेका थुलुङ दुधकोशी गाउँपालिकावासीलाई नै सुलभ मूल्यमा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ। पहिलो चरणमा २० मुरी आलु सङ्कलन गरेर पठाएको र माग अनुसार थप आलु पठाउने वडाध्यक्ष बस्नेतले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ