२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चार महिनामा रसुवागढी नाकाबाट ८ जना पक्राउ

images

  • २०८० मंसिर १८, सोमबार
  • 616
    SHARES
  • चार महिनामा रसुवागढी नाकाबाट ८ जना पक्राउ

    मङ्सिर १८, रसुवा : चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका ८ जनालाई नेपाल प्रहरीले  नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट रु ३ करोड ३१ लाख ८१ हजार १ सय ९८ बराबरको सामग्री समेत बरामद भएको र यसलाई कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो।
            
    चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घटृेखोला, टिमुरे र स्याफ्रुबेँसी समेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधन मार्फत काठमाडौँ तर्फ लानेक्रममा  प्रहरीले बरामद गरेको उहाँले बताउनुभयो।
            
    रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन्। प्रहरीले गत वर्ष पनि रु १ करोड ५१ लाख ५६ हजार २ सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो।
      
    यस्तै, जिल्ला प्रहरी कार्यालयले चालु आवको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालत सामु पेश गरेको छ। यसरी पेश भएका मुद्दामा लागु औषध, कर्तव्य ज्यान, चोरी लगायत विविध छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ