२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बडादशैँमा काठमाडौं उपत्यकामा मापसे र लापसे गर्ने १ हजार ३७ चालक कारबाहीमा

images

  • २०८३ कात्तिक ७, शनिबार
  • 221
    SHARES
  • बडादशैँमा काठमाडौं उपत्यकामा मापसे र लापसे गर्ने १ हजार ३७ चालक कारबाहीमा

    काठमाडौं : बडादशैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने १ हजार ३७ जना चालक कारबाहीमा परेका छन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १ हजार २ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो ।

    कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका १ हजार २ जनामध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक रहेका छन् ।

    त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीसाधनका चालक रहेको उनले जानकारी दिए । चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने र सार्वजनिक तथा निजी सवारीसाधनको चापसमेत वृद्धि हुने भएकाले मापसे तथा लापसे गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।

    यस्ता गतिविधि नियन्त्रण गर्न उपत्यकाका विभिन्न स्थानमा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै मादकपदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्धको कारबाहीलाई निरन्तरता दिइएको बताए ।

    नेपालमा मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरिन्छ ।

    ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न, ट्राफिक नियमको पालना गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन सबै चालकहरूलाई आग्रह गर्दै आएको छ । रासस

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ